विराटनगर- नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फागुन १५ भित्रै सर्वोच्चले फैसला गर्ने बताएका छन्।
विराटनगरमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै नेम्वाङले बहस सकिएको भन्दै ढिलोमा १५ गतेभित्रमा फैसला आउने बताए।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सदर हुने उनले बताए। नेम्वाङले भने, ‘प्रधानमन्त्री ओली २ सय प्रतिशतले विश्वस्त हुनुहुन्छ , मलाई पनि उहाँको विश्वासमा भरोसा छ। विचाराधीन मुद्दामा अदालतलाई धम्क्याउने काम भएको छ।’
दुई तिहाईको शक्ति रहेका प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको नेता नेम्वाङले बताए।
उनले प्रधानमन्त्रीसँगै राष्ट्रपतिलाई पनि विवादमा तान्ने प्रयास भएको बताए। उनले धनगढीबाट विराटनगरसम्म आईपुग्दा विराटनगरको सभा भव्य भएको बताए। वैशाख १७ र २७ गतेको निर्वाचन जनताले अनुमोदन गरेको नेम्वाङको भनाइ छ।
उनले भने, ‘जनताले फैसला गरिसके, हामी सर्वा
सर्वोच्चको फैसला कुरिरहेका छौँ। देश निर्वाचनमय भएको छ।’