बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि ओली समूहमा फर्कियौं : पूर्वमन्त्री तामाङ

दाहाल-नेपाल समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि ओली समूहमा फर्कियौं : पूर्वमन्त्री तामाङ

पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा फर्किएका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं – पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा फर्किएका छन्। 

तामाङले नेपालसमयसँगको प्रतिक्रियामा आफूहरू दाहाल-नेपाल समूह छाडेर ओली नेतृत्वको नेकपामा फर्किएको जानकारी दिए।

अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि फर्किएको उनको भनाइ छ। 

तामाङसँगको कुराकानीको अंश

नेताहरूसँग छलफल भयो। हामीले एउटा दृष्टिकोण समातेर अघि बढ्ने हो। जुन दृष्टिकोण हुन्छ, त्यसमै उभिने भन्ने कुरा हो। 

पार्टी अलग भइसकेको छैन। त्यसो भएको हुनाले अब अहिले केपी ओलीले नेतृत्व गरेको नेकपामा उभिने निर्णयमा पुगेका हौं। 

व्यक्तिगत जीवनमा कतिपय परिस्थितिहरू अप्ठ्यारा खालका पनि हुन्छन्। उतारचढाव हुन्छ। तर, अन्तिममा दृष्टिकोणले नै काम गरेर अन्तिम निर्णय लिने भन्ने कुरो हुन्छ। त्यस्तो चिजको व्यवस्थापनको जरुरी पनि हुन्छ। 

दृष्टिकोण मुख्य कुरा हो। त्यसैले अर्को समूहमा उभिन नसक्ने परिस्थिति बनेपछि केपी ओलीको नेतृत्वमा लाग्ने निर्णय गरेका हौं। 

हामीले नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलन विकास गरेका थियौं। त्यो विकास गरेको लोकप्रिय कम्युनिष्ट आन्दोलन अहिले संकट परेको छ। त्यसलाई बचाउनका लागि लाग्ने हो। 

अब सबै ढिलोचाँडो मूलघरमा संगठित हुने नै हो। छानो छुहिएको होला, जग हल्लेको होला, त्यसलाई मजबुत बनाउने हो सबै लागेर। 

अब सबै बनाउनतर्फ लाग्छौं। अब पूर्व एमालेहरू मूलघर अर्थात् केपी ओलीले नेतृत्व गरेको नेकपामा फर्किने हो। अब सबै फर्किन्छन् नेता कार्यकर्तादेखि लिएर मतदाताहरू र आमजनताहरू। 

सबै संगठित भएर पहिले हामीले विकास गरेको एमालेको मूलधार जुन हो त्यसलाई विकसित गर्छौं। त्यसलाई बनाउछौं। त्यसलाई आज अलिअलि चोट परेको छ। त्यसलाई उपचार गरेर निको पार्छौं। 

ओली नेतृत्वको नेकपामा पूर्व माओवादी साथीहरू पनि हुनुहुन्छ। सबै मिलेर बनाउने हो। पार्टी त एकीकरण गर्न मिल्छ। अरू पार्टीका मानिसहरू त प्रवेश गर्छन्। अहिले त सबै नेकपा भएका छन्। पूर्व माओवादी साथीहरू पनि यहीँ हुनुहुन्छ। उहाँहरू कम्युनिष्ट पार्टीकै सदस्यहरू हो। त्यसैले कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा नै हुनुहुन्छ नि।

प्रकाशित: Feb 20, 2021| 07:40 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।