बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा

विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।

प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन्।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिए।

यस्तै ओली समूहको प्रदेश १ स्तरीय जनसभा सुरू हुँदैछ। 

विराटनगर–२ को प्रदर्शनी स्थलमा सहभागीहरू आउने क्रम सुरू भएको छ।

विराटनगरका विभिन्न स्थानबाट र्‍याली निकालिएको छ भने सभास्थलमा सांस्कृतिक कार्यक्रम पनि भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकाल जानकारी दिए।

जनसभालाई प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा, सुवास नेम्वाङ, शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Feb 20, 2021| 07:26 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।