काठमाडौं - पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पती पुनः नेकपाको ओली समूहमा लागेका छन्।
शुक्रबार नेताहरूसँगको छलफलपछि उनीहरू पुनः ओली समूहमा नै लाग्ने निर्णयमा पुगेका हुन्।
पूर्वमन्त्री तामाङले आफूहरू दाहाल–नेपाल समूह छाडेर केपी ओली नेतृत्वको नेकपामा फर्किएको जानकारी दिए।
पूर्वमन्त्री तामाङ र उनकी श्रीमती प्रदेश १ की सांसद् उषाकला राईले ओली समूहमा फर्किने निर्णय गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँगको छलफलपछि उनीहरू यो निर्णयमा पुगेका हुन्।
उनीहरू दुवै पुस ७ गते ओली पक्षले राखेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका थिए। त्यसको दुई दिनपछि पुनः दाहाल–नेपाल समूहमै फर्किएका थिए।