बिहीबार, भदौ १८, २०८३

झण्डै ३१ लाख नगदसहित १७ जुवाडे पक्राउ

 झण्डै ३१ लाख नगदसहित ललितपुरबाट १७ जना जुवाडे पक्राउ परेका छन्। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं - झण्डै ३१ लाख नगदसहित ललितपुरबाट १७ जना जुवाडे पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रबार साँझ साढे ५ बजे ललितपुर महानगरपालिका-२६, सुनाकोठीबाट उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट ३० लाख ८४ हजार ४०० नगद, १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने ५ थान क्यारेम कोटी र १५० थान सिमीका दाना बरामद् गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जुवाडेहरू सुनाकोठीस्थित अजय महर्जनको चारतले घरको दोस्रो तलामा जुवातास खेलिरहेका थिए। उनीहरूलाई पक्राउ गर्न ३५ जनाको प्रहरी  टोली खटिएको थियो। 

पक्राउ पर्नेमा ललितपुरका रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी,  हिटलर श्रेष्ठ,  अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन छन्।

त्यस्तै ललितपुरकै सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री,  विनोद महर्जन र चिरीकाजी महर्जन रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Feb 20, 2021| 06:03 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।