बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिटलर पनि लोभी–कायरकै काँध चढेर आएको थियो : डा‍. भट्टराई

हिटलर पनि लोभी–कायरकै काँध चढेर आएको थियो : डा‍. भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।

उनले हिटलर पनि लोभी–कायरकै काँध चढेर आएको  बताएका छन्। उनले ट्वीट गर्दै लेखेका छन्, ‘खड्गप्रसादले संविधान,कानुन, लोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहने! अरू तमासे बनिरहे।’

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका डा भट्टराईले प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति, प्रदेशप्रमुख बर्खास्त, सचिव र कर्मचारीहरूको पजनी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन्। 

उनले फाष्टट्रयाक, तल्लो अरूणमा ठूलो भ्रष्टाचार भएको संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘फाष्टट्रयाक, तल्लो अरूण झ्वाम! नभुलौँ–हिटलर लोभी–कायरकै काँध चढेर आएको थियो।’ 

 

प्रकाशित: Feb 20, 2021| 05:12 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।