बिहीबार, भदौ १८, २०८३

पर्वतकाे फलेवासमा नागरिक पेन्सन योजना

फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना सुरु भएको छ। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

पर्वत – फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना सुरु भएको छ। 

नगरपालिकाभित्रका असंगठित मजदुर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम सुरु गरेको हो। 

६० वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम सुरु गरिएको हो। 

असंगठित मजदुरले काम गर्न सक्ने उमेरसम्म मासिकरूपमा नगरपालिकामा ५०० रूपैयाँका दरले जम्मा गर्ने र सोही दरमा नगरपालिकाले पनि जम्मा गरिदिन्छ। 

यसरी जम्मा भएको रकम नगरपालिकाले ६० वर्ष नाघेपछि एकमुष्ठ वा पेन्सनको रूपमा भुक्तानी गर्ने गरी कार्यविधि तयार पारेको फलेवास नगरपालिकाले जनाएको छ। 

यो रकम नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको छ। 

नागरिक लगानी कोषले अन्य निजामती कर्मचारीसरह फलेवासका मजदुरलाई पनि ६० वर्षपछि एकमुष्ठ वा पेन्सनको रूपमा भुक्तानी गर्ने गरी नगरपालिकासँग सम्झौता गरिएको छ। फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। रासस

प्रकाशित: Feb 20, 2021| 05:13 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।