सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कतार एयरवेजको टिकट किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

कतार एयरवेजको टिकट किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। 
 

प्रकाशित: Feb 19, 2021| 08:10 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्