सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सात महिनामा आठ खर्बको आयात, व्यापार घाटा सात खर्ब नाघ्यो

सात महिनामा आठ खर्बको आयात, व्यापार घाटा सात खर्ब नाघ्यो

चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्बभन्दा बढीको आयात भएको छ। साउनदेखि माघसम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको आयात भएको हो।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्बभन्दा बढीको आयात भएको छ। साउनदेखि माघसम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको आयात भएको हो।

भन्सार विभागका अनुसार सो अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँको मात्र निर्यात भएको छ। आयात र निर्यातको सन्तुलन नमिल्दा औसत मासिक १ खर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा नेपालले बेहोरिरहेको छ।

७ महिनाको वैदेशिक व्यापार घाटा ७ खर्ब ३३ अर्ब नाघेको छ। विभागका अनुसार सो अवधिमा ९२ रुपैयाँबराबरको आयात हुँदा ८ रुपैयाँको निर्यात भएको छ।

यसअघि ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँ थियो। ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँबराबरको आयात भएकोमा ६९ अर्ब ७९ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
 

प्रकाशित: Feb 19, 2021| 06:22 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्