काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम बार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ।
यो सुविधा अन्तर्गत बैंकले खरिद मूल्यको ८० प्रतिशतसम्म अधिकतम १० वर्षको लागि कर्जा प्रवाह गर्न सक्नेछ। आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ।