सोमबार, असोज ५, २०८३

तोलामा एक हजार घट्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्य प्रतितोला ८८ हजार २०० तोकिएको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला ८८ हजार २०० तोकिएको छ। बिहीबार ८९ हजार २०० मा कारोबार भएको सुन आज एक हजार रुपैयाँ घटेको हो। 

यो साता मात्र सुनको मूल्यमा दुई हजार ६०० रुपैयाँ गिरावट आएको छ। आइतबार सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार घटेको छ। बिहीबार ८८ हजार ७५० मा कारोबार भएको तेजाबी सुन आज ८७ हजार ७५० मा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ घटेर एक हजार ३०५ कायम भएको छ। 
 

प्रकाशित: Feb 19, 2021| 05:30 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्