सोमबार, असोज ५, २०८३

२६३६ विन्दुमा पुग्यो नेप्से परिसूचक 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २६३६.६८ विन्दुमा पुगेको छ। 
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २६३६.६८ विन्दुमा पुगेको छ। 

आज २५.२३ अंकले बजार उकालो लागेको छ। सेन्सेटिभ इन्डेक्स ६.७७ अंकले बढेर ४८१.७८ विन्दुमा पुगेको हो। 

बिहीबार २०६ कम्पनीको १ करोड ८६ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यसको सेयर १० प्रतिशतले बढेर २७५ पुगेको छ। 

त्यस्तै कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक कन्भर्टिवल प्रिफरेन्स सेयर, बेस्ट फाइनान्स, सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेकाे छ।

बैंकिङ समूहको सूचक २३.३७, विकास बैंक ६२.१४, फाइनान्स ५.३५, होटल ४.६९, जलविद्युत् १८.६९ अंकले बढेको छ। 

त्यस्तै उत्पादन २०.१६, सामूहिक लगानी ०.१४, अन्य ५३.८२ र व्यापार समूहको सूचक ७२.९२ अंकले बढेको छ। 

जीवन समूहको सूचक १०९.७३, लघुवित्त २८ र निर्जीवन बिमा समूहको सूचक ५०.३० अंकले घटेको छ।  
 

प्रकाशित: Feb 18, 2021| 09:39 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्