सोमबार, असोज ५, २०८३

खुम्बुका पर्यटक गाइडलाई प्रभु बैंकको बिना धितो ऋण

लामो समय पर्यटक गाइडको काम गरेका दावा फुन्जा शेर्पालाई वैकल्पिक पेशा र व्यवसाय नहुँदा प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गराएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– लामो समय पर्यटक गाइडको काम गरेका दावा फुन्जा शेर्पालाई वैकल्पिक पेशा र व्यवसाय नहुँदा प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गराएको छ।

सस्तो ब्याजमा विना धितो ऋण पाएपछि दावाले राहत महसुस गरेका छन्। उनले भने, ‘एक वर्षसम्म सामान्य काम गरेर बसिरहेको थिएँ, अझै पर्यटक कहिले आउने थाहा छैन। थोरै रकम भए पनि राहतको महसुस भएको छ, यसले बैंकसँग जाने बाटो पनि खुल्यो।’

दावालाई मात्र होइन, कोभिडका कारण पर्यटक नआउँदा आम्दानी गुमाइरहेका खुम्बु क्षेत्र वरिपरिका २४ जना पर्यटक तथा ट्रेकिङ गाइडलाई सोलुखुम्बुको फाक्डिङमा बुधबार आइडिया स्टुडियोको सहकार्यमा प्रभु बैंकले बिना धितो सस्तो ब्याजमा कर्जा उपलब्ध गराएको छ। प्रभु बैंक र आइडिया स्टुडियोको सहकार्यमा यसअघि कोभिड प्रभावित शिक्षक र टेम्पो चालकलाई पनि सस्तो ब्याजमा विना धितो ऋण उपलब्ध गराइएको थियो।  

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले यो सहुलियत ऋण सानो प्रयास भएको र बैंक सधै यस्तोे सेवा दिन तत्पर रहेको बताए। 

आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले कोभिडका कारण दैनिक मजदुरी गर्नेदेखि लिएर ठूला अर्थतन्त्रमा समेत समस्यामा परेको, रोजगारी गुमेको अवस्था रहेकाले आफुहरुले अतिप्रभावित क्षेत्रको अनुसन्धान र पहिचान गरि प्रभु बैंकसँगको सहकार्यमा ऋण उपलब्ध गराउन साझेदारी गरेको बताए।

बैंकले विना धितो ३.५ प्रतिशतमा ऋण उपलब्ध गराएको हो। बैंकले ऋणको किस्ता ६ महिनापछि तिरे हुने सुविधा पनि दिएको छ। 

प्रकाशित: Feb 18, 2021| 09:17 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्