काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने कार्यका लागि अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।