सोमबार, असोज ५, २०८३

न्यादी आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन 

निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाबाट आगामी जेठदेखि विद्युत् उत्पादन हुने भएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

लमजुङ– निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाबाट आगामी जेठदेखि विद्युत् उत्पादन हुने भएको छ।

मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।  

आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भएको छ। पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ। 

आयोजनाका अनुसार प्रशारण लाइनको कामसमेत ५० प्रतिशत सम्पन्न भएको छ।  आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी छ। 

२०७३ चैतादेखि निर्माण सुरु गरिएको आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य थियो। ६ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ। 

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन्।

बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरीद सम्झौता गरेको छ। 
 

प्रकाशित: Feb 18, 2021| 08:14 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्