काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २०६ पुगेको छ ।
सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेयकोे उपस्थितिमा उद्घाटन गरे। बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।