सोमबार, असोज ५, २०८३

महालक्ष्मी लाइफका सञ्चालक समिति अध्यक्षको शपथ

 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौ– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा  मनोनयन गरेको छ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो। साधारण सभा सम्पन्न भइसकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो। 

अध्यक्ष मनोनयनपछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

प्रकाशित: Feb 17, 2021| 07:03 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्