सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नक्कली बिल बनाएर राजस्व छल्नेविरुद्ध ९१ करोड बिगो दाबीसहित मुद्दा दायर

नक्कली बिल बनाएर राजस्व छल्नेविरुद्ध ९१ करोड बिगो दाबीसहित मुद्दा दायर

झुटा तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं– झुटा तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

विभागले बलरा नगरपालिका सर्लाहीका सुवोध साहसहित १० जनाविरुद्ध मंगलबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार मुख्य अभियुक्त साहसहित सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीविरुद्ध ९१ करोड ३० लाख रुपैयाँ विगो दाबीसहित कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ।
 

प्रकाशित: Feb 16, 2021| 12:42 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्