सोमबार, असोज ५, २०८३

प्रदेश प्रमुखले बुझे वित्त आयोगको प्रतिवेदन 

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

पोखरा- गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ। 

पोखरामा आइतबार आयोजित १ कार्यक्रमबीच प्रदेश प्रमुख शेरचनलाई आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनबारे जानकारीसहित हस्तान्तरण गरे।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भए पनि प्रयोगमा ल्याउन नसकिएको बताए। प्राकृतिक स्रोतसाधनको उत्खनन तथा प्रयोगमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउँदै उनले प्राकृतिक स्रोतसाधन प्रयोगमा ल्याउन सकिए रोजगारी सिर्जना हुने उल्लेख गरे। 

प्रतिवेदन बुझाउँदै आयोगका सदस्य गुरुङले गण्डकी प्रदेशभित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचानमा आयोगले विशेष ध्यान दिएको बताए।

संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण तथा प्राकृतिक स्रोतसाधन बाँडफाँडमा आयोग अघि बढेको भन्दै उनले आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको जानकारी दिए।

प्रतिवेदन हस्तान्तरणका अवसरमा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बास्तोलाले समेत बोलेका थिए। 

प्रकाशित: Feb 14, 2021| 14:53 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्