सोमबार, असोज ५, २०८३

गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभांश पारित

गरिमा विकास बैंक लिमिटेडको माघ ३० गते शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको माघ ३० गते शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन्।

साथै साधारणसभा सम्पन्न भएपश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ। 
 

प्रकाशित: Feb 14, 2021| 05:02 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्