आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ जहाज थप्दै यती एयरलाइन्स, पोखरा–सिमरा उडान हुने 

नयाँ जहाज थप्दै यती एयरलाइन्स, पोखरा–सिमरा उडान हुने 

निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ जहाज भित्र्याउने तयारी गरेको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले नयाँ जहाज भित्र्याउने तयारी गरेको छ। 

एटिआर–७२ जहाज फेब्रुअरी महिनाभित्र काठमाडौं आइपुग्ने कम्पनीले जानकारी गराएको हो। नयाँसँगै यतीसँग छ थान एटिआर जहाज हुनेछन्।

यतीले अहिले तीन एटिआर जहाजमार्फत उडान गरिरहेको छ। मार्चदेखि हाल भएका पाँचवटै एटिआर जहाज उडाउने छ। 

नयाँ जहाज भित्रिएपछि यतीले पोखरा–सिमरा उडान गर्ने पनि जनाएको छ। 

यसअघि यतीले पोखरा–भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोरोना महामारीका कारण स्थगित उडान सुरु हुन सकेको छैन। 
यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ। 
 
 

प्रकाशित: Feb 09, 2021| 11:15 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्