आइतबार, असोज ४, २०८३

सुजुकी इग्निस ‘अर्बन कम्प्याक्ट एसयूभी’ सार्वजनिक

प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी–नेक्स्ट जेनले न्यु इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी–नेक्स्ट जेनले न्यु इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ।

न्यु इग्निसले एसयूभी डिजाइन, फराकिलो तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ। यसमा थपिएका एसयूभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश रहेको कम्पनीले जनाएको छ।

डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यु इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयूभी बनाएको कम्पनीले जनाएको छ। यसमा थपिएका विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामर्थ्य र गतिशीलता रहेको जनाइएको छ। न्यु इग्निसमा १.२ लिटर बीएस ६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ।

इग्निस डेल्टाको मूल्य ३१ लाख ४९ हजार, इग्निस जिटाको ३४ लाख ४९ हजार र इग्निस अल्फाको ३७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: Feb 09, 2021| 11:13 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्