आइतबार, असोज ४, २०८३

लगातार तीन वर्ष संशोधन गर्दै घटाइयो बजेट

बजेट संशोधन गर्दै सरकाले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– बजेट संशोधन गर्दै सरकाले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ।  अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै मंगलबार आकार घटाएका हुन्। 

पौडेलले बजेट संशोधन गर्दै १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च गर्ने नयाँ विवरण सार्वजनिक गरेका छन्। जुन चालू आवको लागि विनियोजित बजेटको ९१.१९ प्रतिशत हो। 

यसअघि चालू आवको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट निर्धारण गरेको थियो। अर्थमन्त्री पौडेलले चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँको खर्च हुने विवरण सार्वजनिक गरेका छन्। यो विनियोजित बजेटको ९६.४ प्रतिशत हो। 

पुँजीगत खर्च चालू आवको लागि छ्ट्याएको बजेटको ८०.२० प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४ करोड हुने जनाइएको छ। त्यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड हुने भनिएको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको तीन वटै बजेट मध्यावधी समीक्षा गर्दै घटाइएको छ।  यसअघि अर्थमन्त्री रहेका डा. युवराज खतिवडाले पनि दुईवटा बजेटको आकार बीचमा संशोधन गर्दै घटाएका थिए। 
 

प्रकाशित: Feb 09, 2021| 10:23 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्