काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २९ अंकले घटेको छ। घटेको बजार २५३२.४६ विन्दुमा पुगेर रोकिएको हो।
आज १९४ कम्पनीको १ करोड ५९ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ।
ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.८९ अंकले घटेर ४६१.७० विन्दुमा पुगेको छ।
आज बैंकिङ समूहको सूचक ९.४२, व्यापार ४९.४९, होटल ३२.८६, जलविद्युत् २९.७६, निर्जिवन बिमा २३७, उत्पादन ९८.९४ अन्य ३३.६८, माइक्रोफाइनान्स १२८.२७, जीवन बिमा २७४ र , सामूहिक लगानी ०.०२ अंकले घटेको छ।
त्यसैगरी विकास बैंक समूहको सूचक २५.५२ र फाइनान्स १२.७२ अंकले बढेको छ।