आइतबार, असोज ४, २०८३

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिरहाको सुखीपुरमा

ग्लोबल आइएमई बैंक लिमिटेडले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
 

प्रकाशित: Feb 09, 2021| 08:38 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्