आइतबार, असोज ४, २०८३

महालक्ष्मी लाइफ तेस्रो वर्षमा

महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ। ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ। ०७५ माघ २७ गतेबाट बिमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेको हो।

प्रतिकूल परिस्थितिको बाबजुद कम्पनीले दुई वर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना गर्दै १६ हजार १९० अभिकर्तालाई तालिम प्रदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताएका छन्।

यस अवधिमा कम्पनीले नौवटा बिमालेख सार्वजनिक गरिसकेको छ। यस अवधिमा कम्पनीले एक अर्ब ६५ करोड रुपैयाँ बिमा शुल्क संकलन र दुई अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको सीईओ भट्टराईले बताए।

कम्पनी स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्यअनुसार शाखा सञ्जाल विस्तार, निरन्तर अभिकर्ता तालिम सञ्चालन र व्यवसाय वृद्धि गर्न नसकेको उनको भनाइ छ। ।

कम्पनीले दोस्रो वार्षिकोत्सवको अवसर पारेर आजबाट नै  नयाँ मनि ब्याक बिमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिसी सञ्चालनमा ल्याएको छ। यस्तै, कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को वासलात र नाफा–नोक्सान हिसाब बिमा समितिबाट स्वीकृतीसँगै ६० करोडको साधारण सेयर जारी गर्ने गरी प्रक्रिया सुरू गरेको उनले बताए।

प्रकाशित: Feb 09, 2021| 08:08 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्