काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहक ग्राहकले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना एवं पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।