काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतापश्चात् ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन्। डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवा दिइरहेको छ।