काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैकिङ सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्रयोजनका लागि कास्की जिल्ला पोखरा म.न.पा. वडा नं १ वगर स्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा सुरु गरेको छ।
बैंकद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरेका छन्।