काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ बढेको छ।
सोमबार ९० हजार ४०० मा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ९०० तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक हजार ४५० रुपैयाँ बढेको छ।
सोमबार ८९ हजार ९५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९१ हजार ४०० कायम भएको छ।
मंगलबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ३४० पुगेको छ।