आइतबार, असोज ४, २०८३

स्मार्टडोकोको ‘डोकोभरी माया’

हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले  भ्यालेन्टाइन्सको अवसरमा डोकोभरी माया नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले  भ्यालेन्टाइन्सको अवसरमा डोकोभरी माया नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ।

यसका अतिरिक्त यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमान्टिक रात्रीकालीन बास, खाना र स्पा समेतको व्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन्।

एक जोडीलाई भिल्ला ७२ उत्तरढोकामा लन्च वा डिनर, दुई जोडीलाई  भोजघर गैरीधारामा क्याण्डल लाइट डिनर, भाग्यशाली दुई जोडीलाई  होटल चौतारी पोखरामा दुई रात तीन दिनको प्याकेज, तीन जोडीलाई  होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर, दुई जोडीलाई  किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा र रु. १००० भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स मास्क उपलब्ध गराइने छ।  साथै रु. १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ।

यो सुविधा १४ फेवु्रअरी सम्मलाईमात्र लागू रहने कम्पनीले बताएको छ।
 

 
 

प्रकाशित: Feb 09, 2021| 04:50 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्