आइतबार, असोज ४, २०८३

६६ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह 

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेकोमध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेकोमध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। 

२०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत थियो। 

चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जामध्ये कृषि क्षेत्रतर्फ २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फ ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फ ६.३ प्रतिशतले र  यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ। 

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १३.६ प्रतिशतले बढेको छ। 

त्यसैगरी रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ। हायर पर्चेज कर्जा भने ४.४ प्रतिशतले घटेको छ।

६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो। 

यो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा १५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ६.२ प्रतिशतले बढेको थियो। 

वार्षिक विन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २२.० प्रतिशतले बढेको छ।

पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो। 

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.५ प्रतिशत छ। गत आवको ६ महिनामा निक्षेपको अंश ४५.१ प्रतिशत थियो। 

प्रकाशित: Feb 08, 2021| 15:56 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्