मंगलबार, चैत १०, २०८२

फेकनको नयाँ नेतृत्वका लागि उमेदवारको नामावली सार्वजनिक

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ। 

National life

फेकनमा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि प्रोफेसलन भिसा एण्ड एजुकेसन सर्भिसेसका प्रबन्ध निर्देशक तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष वासुदेव नेपाल र सेतो एजुकेशन सर्भिसेसका अध्यक्ष एवं वर्तमान महासचिव भुपाल तामाङबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन हुने तय भएसँगै दुईवटा प्यानलको नामावली सार्वजनिक भएको छ। 

आगामी फागुन ८ गतेका लागि निर्वाचनको मिति तय गरेको फेकनमा दुई प्यानलबीच चर्को प्रतिस्पर्धा हुने देखिएको फेकन अध्यक्ष युवराज कटुवालले बताए। उनले भने, ‘नयाँ नेतृत्वले समग्र परामर्श व्यवसायीको हित र व्यवसायको प्रवर्द्धनमा ध्यान दिन सक्नुपर्छ।’ 

नेपालको प्यानलतर्फ उपाध्यक्षमा सक्सेस एजुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशक तथा पूर्व उपाध्यक्ष प्रज्वल बस्नेत र आसाही इन्टरनेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हेमन्तराज दुलाल, महासचिवमा ई–हाइवे एजुकेसन प्रालिका प्रबन्ध निर्देशक विपिन केसी, सचिवमा मार्क एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक पृथ्वीविक्रम चन्द र स्टडी डेस्टिनेसनका प्रबन्ध निर्देशक अमित खड्का छन्।

त्यसैगरी कोषाध्यक्षमा डिडास योकोसोका प्रबन्ध निर्देशक अनिल शर्मा पौडेल उम्मेदवार छन् भने सदस्यहरुमा दिपा लामिछाने, दिनेश न्यौपाने, सुदेश पोख्रेल, मणि ज्ञवालीलगायत छन्। 

Laxmi sunrise bank
kumari

तामाङको प्यानलतर्फ उपाध्यक्षमा फेकनका वर्तमान उपाध्यक्ष एवं भिएन ग्रुप अफ एजुकेशनका सञ्चालक पवन मैनाली र रामशरण ढकाल, महासचिवमा फेकनका वर्तमान सचिव एवं टाउनहल एजुकेशनका प्रवन्ध निर्देशक राजु निरौला, सचिवमा सिमा एजुकेशनका कार्यकारी निर्देशक छविन्द्र ओझा र केन्द्रीय सदस्य एंव सिलिंक एजुकेशनका कार्यकारी निर्देशक उमेश कुशवार र कोषाध्यक्षमा आईसीसी एव्रोड कन्सल्टका प्रवन्ध निर्देशक दिपेन्द्र पोख्रेल उम्मेदवार छन्।

त्यसैगरी सदस्यहरुमा इन्द्रजित गौतम र रेस्मा राजथलाको नाम टुंगो लागेको छ। नेपाल प्यानलका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गीता रिजालको समर्थन रहेको छ भने तामाङ प्यानललाई वर्तमान अध्यक्ष युवराज कटुवालले साथ दिएका छन्। 

फेकनको केन्द्रीय नयाँ कार्यसमिति चयनका लागि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसक्दा निर्वाचनमै जानुपर्ने अवस्था आएको फेकन सचिव राजु निरौलाले बताए। फेकनमा अध्यक्ष, तीनजना निर्वाचित उपाध्यक्ष र महासचिव, दुईजना सचिव, एक जना कोषाध्यक्ष, छ जना केन्द्रीय सदस्य रहन्छन्। एक उपाध्यक्ष र दुईजना सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ।

प्रकाशित: Feb 08, 2021| 12:18 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्