मंगलबार, चैत १०, २०८२

चौथोपटक शल्यक्रियबाट स्वस्थ बच्चा, नेपालकै दुर्लभ घटना

निकै जटिल मानिने चौथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।  
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– निकै जटिल मानिने चौथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।  

National life

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा. नूतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षीय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् ।  

पहिलो र दोस्रो पटक प्रसूतित गृहमा सिजरिङबाट जन्मिएका बच्चा खेर गएका थिए। 

बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो। तेस्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन्। 

सामान्यतः एकपटक शल्यक्रियामार्फत सुत्केरी भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै सुत्केरी गराउनु सुरक्षित मानिने चिकित्सकको भनाइ छ। 

Laxmi sunrise bank
kumari

‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन। तर अहिले म साह्रै खुसी छु। दुई पटकसम्मको खेर गएको थियो’, उनले भनिन्, ‘तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो। डा. नूतनको मिहिनेतले मैले दुई सन्तान पाएँ। उहाँ मेरा लागि भगवान् जस्तै हुनुभएको छ।’

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा. नूतन शर्माको भनाइ छ। 

‘सामान्यतया नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर हामीले शल्यक्रियाबाट सुत्केरी गराउँछौं’, डा. शर्माले भनिन्, ‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत साबित गर्दै हामीले सम्भव बनाएका छौं।’ 

डा. शर्माका अनुसार दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उनी बच्चा जन्माउने योजना लिएर नर्भिकमा आएकी थिइन्। उनको तेस्रो बच्चा सफलतापूर्वक जन्मियो।  

‘उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो’, डा. शर्माले भनिन्, ‘सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ। तर कतिपय अवस्थामा यो भन्दा पनि बढी हुन सक्छ भन्ने प्रमाणित भएको छ।’  

अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताइन्। 

प्रकाशित: Feb 08, 2021| 09:36 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्