आइतबार, वैशाख २७, २०८३

उत्तराखण्डमा डेढ सयभन्दा बढी मानिस अझै बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा १५० जनाभन्दा बढी अझै बेपत्ता छन्।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा १५० जनाभन्दा बढी अझै बेपत्ता छन्।

National life

बाढीले दुईवटा जलविद्युत् परियोजना बगाएको छ। एउटा परियोजनाका १२१ जना र अर्कोका ३२ जना मजदुर अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३५ जना सुरुङमा फसेका छन्। सुरुङभित्र लेदो भरिएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

हिजो आइतबार आएको बाढीमा परेका ७ जनाको शव फेला परेको छ। 

आइतबार बिहान करिब १० बजे उत्तराखण्डको चमोली जिल्लास्थित नदीहरुमा अचानक पानी बढेको थियो। नन्दादेवी हिमनदीको एउटा भाग टुटेर भू–स्खलन भएपछि ऋषिगंगा र अलकनन्दा नदीमा भीषण बाढी आएपछि त्यसले विनासलिला मच्चाएको हो। 


 

प्रकाशित: Feb 08, 2021| 04:58 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।