बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा दुईजनाको मृत्यु, कैयौं बेपत्ता

उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा दुईजनाको मृत्यु, कैयौं बेपत्ता

भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ। बाढीमा परेर दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

National life

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ।  नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ।

ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने २० जना मजदुर बेपत्ता भएको बताइएको छ। नदीका कैयौं तटबन्ध भत्किएका छन्। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुगेको छ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन्। उनले ट्विट गरेर अफवाहमा ध्यान नदिन र पुराना भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: Feb 07, 2021| 11:21 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।