आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्रोतसाधन सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

स्रोतसाधन सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको बताएका छन्।

“हामीसँग प्रशस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन्। यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनाैं। यी उपलब्ध श्रोत तथा साधनको सही रुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन। यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए। “हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईंहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ। तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पूरा गर्नेछौं। तपाईंहरुलाई भोगेका समस्याहरुको समाधानका लागि पहल गर्नेछौंं र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने।
 

प्रकाशित: Feb 07, 2021| 10:15 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्