बिहीबार, असोज ३, २०८१

बन्दको कहरमा कर्णाली पनि (तस्बिरहरु)

कर्णालीका सबै जिल्ला सदरमुकामका बजार क्षेत्र पूर्ण रुपमा बन्द रहेको जिल्लास्थित प्रहरी कार्यालयहरुले जनाएका छन्।
 |  बिहीबार, माघ २२, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, माघ २२, २०७७

सुर्खेत– नेकपा दाहाल–नेपाल समूहले गरेको हडतालका कारण कर्णाली प्रदेश पूर्ण रुपमा ठप्प भएको छ। 

triton college

कर्णालीमा बिहानदैखि लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन्। अत्यावश्यक बाहेक सवारीसाधन पूर्ण रुपमा ठप्प रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

‘जिल्ला सदरमुकामहरुका मुख्य बजारहरु बन्द छन्, कुनै पनि जिल्लामा गाडीहरु चलेका छैनन्,’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवत्ता डीएसपी माधव श्रेष्ठले भने, ‘आमहडतालले कर्णाली ठप्पै भएको छ।’

बन्दकर्ताहरु बजारका चोक–चोकमा जम्मा भएर सवारी आवागमनलाई ठप्प पारेका छन्। हडताल सफल बनाउन भन्दै पूर्वसांसद, नेता र कार्यकर्ताहरु बिहानैदेखि सडकमा जम्मा भएका छन्। चोकमा जम्मा भएका नेताहरु शान्त देखिए पनि कार्यकर्ता भने उग्र देखिएका छन्। 

कार्यकर्ताले बन्दमा मोटरसाइकल चलाएको भन्दै सुर्खेतको बुलबुले चोकमा एक व्यक्तिलाई कुटपिटसमेत गरेका छन्। कुटपिटबाट दैलेखका जोरासिंह विष्ट घाइते भएका छन्। कुटपिटमा संलग्नको पहिचान हुन सकेको छैन।

Metro Mart
vianet

बन्दकर्ताले अत्यावश्यक सवारीसाधनलाई पनि रोकेर चाबी खोस्ने गर्न थालेका छन्। कर्णालीका सबै जिल्ला सदरमुकामका बजार क्षेत्र पूर्ण रुपमा बन्द रहेको जिल्लास्थित प्रहरी कार्यालयहरुले जनाएका छन्। अहिलेसम्म कोही बन्दकर्ता पक्राउ परेका छैनन्।

प्रकाशित: Feb 04, 2021| 07:42 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।