बुधबार, मंसिर २०, २०८०

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीले लिए शपथ

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।
 |  बुधबार, माघ २१, २०७७
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।

sagarmatha cement

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान नियुक्त भएका सबै पदाधिकारीहरूले शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले सबै पदाधिकारीहरूले शपथ लिएको जानकारी दिए।

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायमा पदाधिकारीहरू नियुक्त गरेको थियो।

नियुक्ति सिफारिस गरेको ४५ दिन पुगेपछि सरकारले उनीहरूको आज शपथ गराएको हो।

worldlink

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ।

यद्यपि समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ।

सुनुवाइबिना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए।

अध्यादेश ल्याएर पदाधिकारीहरू नियुक्त गरिएको भन्दै चौतर्फी विरोधसमेत भइरहेको छ। 

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसद्मा जानकारी पठाएकोमा संसदीय सुनुवाइको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाइ सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार नियुक्ति फिर्ता गरेका थिए।

प्रकाशित: Feb 03, 2021| 04:53 बुधबार, माघ २१, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसको सहारा सेतो छडी बनेको थियो

जसको सहारा सेतो छडी बनेको थियो

घरभित्र अथवा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा  होलान् सहज अनुमान गर्न सकिन्छ।