शनिबार, असोज ३, २०८३

देशकै ठूलो विद्युत् सबस्टेशन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेशन उद्घाटन गरेका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेशन उद्घाटन गरेका छन्।

ढल्केवर विद्युत् सबस्टेशनको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सबस्टेशन उद्घाटन गरेका हुन्। 

४०० केभी क्षमताको उक्त सबस्टेशन सञ्चालनमा आएसँगै देशभित्रै तथा अन्तरदेशीय विद्युत् आदानप्रदान गर्न सहज हुनेछ। 

४०० केभी सबस्टेशन निर्माणका लागि सन् २०१७ डिसेम्बर ८ मा लिन्कसन इण्डिया प्रालिसँग २ अर्ब २४ करोड ३० लाखमा ठेक्का सम्झौता भएको थियो।

यो सबस्टेशनबाट भारत–नेपाल, नेपालभित्रै हेटौंडा, ढल्केवर, इनरुवा, ढल्केवरबीच विद्युत् आदानप्रदान गर्न सकिने छ। 

प्रधानमन्त्री ओलीले आजै सिरहामा सहिद हेमनारायण यादवको स्मृति सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
 

प्रकाशित: Feb 01, 2021| 06:34 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्