काठमाडौं– सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया सर्वसम्मत रुपमा चयन भएका छन्। बैंकको सञ्चालक समितिको ३६२औं बैठकबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्।
केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी पछिल्लो चार वर्षदेखि अध्यक्ष छन्।