शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह 

नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन्।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको बताएका छन्।

राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोभिड—१९ ले शिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अहिले अवसर नै अवशर रहेको बताउँदै युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यावसायिक रणनीति हुनुपर्ने बताइन्।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले कम्फर्ट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे।

कार्यक्रमका विभिन्न सेसनहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सिजनका अध्यक्ष सिद्धान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ मानन्धर, युनिग्लोव कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट, प्रा.डा राधेश्याम प्रधानलगायतले युवा उद्यमशीलताका चुनौति र अवसरबारे बोलेका थिए।
 

प्रकाशित: Feb 01, 2021| 06:16 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्