शनिबार, असोज ३, २०८३

सुनचाँदीका मौलिक गरगहना निर्यातमा व्यवसायीको जोड

सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन्।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– सुनचाँदी तथा कला व्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन्।

नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्यधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर सम्भाव्यता औंल्याउँदै त्यसबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए। 

कार्यक्रममा नेपाल सनुचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसवाट नेपालले धेरै फाइदा लिन सक्ने बताए। हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्व र सम्भाव्यताका बारेमा प्रकाश पारेका थिए। 
 

प्रकाशित: Jan 31, 2021| 12:03 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्