शनिबार, असोज ३, २०८३

५४ अंकले घट्यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५४.७५ अंकले घटेको छ। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ५४.७५ अंकले घटेको छ। 

२४२५ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २३७०.५५ अंकमा पुगेर रोकिएको हो। 

आज २०६ कम्पनीको १ करोड ६२ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेर ४३२.३३ विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृत सबै समूहको सूचक ओरालो लागेको छ। बैंकिङ समूहको सूचक ४२, विकास बैंक ५१.४६, फाइनान्स ५०.७२, होटल २३.५८, जलविद्युत् ३७.१२ अंकले घटेको छ। 

त्यस्तै जीवन बिमा समूहको सूचक ४६०, उत्पादन १३२.९५, माइक्रोफाइनान्स १२१, सामूहिक लगानी ०.०६, निर्जिवन बिमा २६४, अन्य २५.५९ र व्यापार समूहको सूचक ३६.४६ अंकले घटेको छ। 

आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन्। 
 

प्रकाशित: Jan 31, 2021| 10:31 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्