शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजार ५५ अंकले ओरालो लाग्दा पनि ९ अर्बको कारोबार 

सेयर बजार ५५ अंकले ओरालो लाग्दा पनि ९ अर्बको कारोबार 

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा पहिरो गएको छ। सेयर बजार ५४.७५ अंकले घटेर २३७० अंकमा पुगेको छ।
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा पहिरो गएको छ। सेयर बजार ५४.७५ अंकले घटेर २३७० अंकमा पुगेको छ। 

बजार ओरालो लाग्दा पनि प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यसदिन कारोबार भएका २०६ कम्पनीमध्ये १० वटाले कमाएका छन्।

कमाउने कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, सिभिल लघुवित्त र नारायणी डेभलपमेन्ट बैंक छन्। त्यस्तै सर्वाधिक गुमाउने कम्पनीहरुमा रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल र मल्टिपर्पोज फाइनान्सका लगानकीकर्ता छन्।

गत साता पुँजी बजारमा सबैभन्दा बढी हिस्सा ओगटेका बैंक तथा वित्तीय संस्थाहरुको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका थिए र सबैजसोको नाफा ओरालो लागेको थियो। यसले गर्दा लगानीकर्ताको मनोबल खस्किएको र बजार ओरालो लागेको बताइएको छ। त्यस्तै सबैजसो कम्पनीले साधारणसभा गरिसकेको र गर्न बाँकी रहेकाहरुको पनि बुक क्लोज भइसकेकोले पनि बजार ओरालो लागेको हो। 

बजार विश्लेषकहरु भने आइतबार बजार ओरालो लाग्नु करेक्सन मात्र भएको दाबी गर्छन्। आइतबार सबै उपसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४६०, निर्जीवन बीमा समूह २६४, उत्पादन समूह १३२ र लघुवित्त समूह १२१ अंकले घटेको छ। 

त्यसैगरी विकास बैंक ५१, फाइनान्स ५० र बैंकिङ समूह ४२ अंकले घटेका छन्। सबैभन्दा कम घट्नेमा होटल समूह १९ अंक र ट्रेडिङ समूह २३ अंकले ऋणात्मक छन्। 

आइतबार दिनभर बजारमा २०६ कम्पनीको ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 


 

प्रकाशित: Jan 31, 2021| 10:27 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्