काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर)को हिउँद याम (०७७ माघ ३ गते शनिबार)मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको छ।
शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित कार्यक्रममा केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु. पाँच लाख नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको सम्मानले साहसिक कार्यको लागि थप हौसला मिलेको बताए।