शनिबार, असोज ३, २०८३

गरिमा विकास बैंकले ल्यायो नयाँ कर्जा सुविधा

 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ।

बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत गरिमा इजी एसएाइ लोन र गरिमा इजी होम लोन सार्वजनिक गरेको हो। 

बढ्दो बेरोजगार तथा उद्यमीहरुको उद्यमशिलतामा समेत ह्रास आएको वेलामा उद्यमीहरुलाई सरल र सहज तवरबाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशिलताको विकासँगै रोजगार सृजनामा टेवा पुगोस् भनी नयाँ योजना ल्याइएको बैंकले जनाएको छ।

दुवै कर्जा ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: Jan 31, 2021| 05:16 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्