काठमाडौं– बल्खुमा रहेको तरकारी तथा फलफूल बजारमा क्युआर कोडबाट भुक्तानी सेवा सुरु भएको छ।
शुक्रबार सो बजारबाट नबिल बैंकले क्युआर कोड सेवा सुरु गरेको हो। नबिल बैंकले दिने क्युआर कोड सेवाको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उद्घाटन गरेका छन्।
यसअघि सानिमा बैंकले नक्साल तरकारी बजारमा क्युआर कोड सेवा सुरु गरेको थियो। त्यस्तै कालिमाटी, नख्खु लगायतका तरकारी बजारमा पनि क्युआर कोड सेवा सुरु भइसकेको छ।