शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ हाउसको सहकार्यमा कर्पोरेट पे सेवा सुरु

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ हाउसको सहकार्यमा कर्पोरेट पे सेवा सुरु

 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ।

उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराएको हो। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरे।

बैंकको आफ्ना संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ।

उक्त प्रणाली मार्फत कन्सेप्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ। यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन्।
 

प्रकाशित: Jan 29, 2021| 05:50 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्