शनिबार, असोज ३, २०८३

एनआईसी एसियाले कमायो २ अर्बभन्दा बढी नाफा

 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– एनआईसी एसिया बैंकले चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कोभिड १९ महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले दोस्रो त्रैमासमा वार्षिक प्रति सेयर आम्दानी ३५ रुपैयाँ ७३ पैसा आर्जन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गरेर २ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत छ ।

बैंकको यस दोस्रो त्रैमाससम्ममा कर्जातर्फ ५९ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भई कुल कर्जा रकम २ खर्ब ३३ अर्ब ८ करोड पुगेको छ । वाणिज्य बैंकमा सोही अवधिमा भएको करिब ३ खर्ब १० अर्बको कुल कर्जा वृद्धिमा बैंकको २२ प्रतिशत हिस्सा छ ।

बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७ अर्ब ३० करोडले वृद्धि गरी २ खर्ब ७६ अर्ब २० करोड पुगेको छ । सोही अवधिमा भएको करिब ३ खर्ब ७ अर्बको कुल वृद्धिमा बैंकको हिस्सा १९ प्रतिशत हो । बैंकले गत वर्षको अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस दोस्रो त्रयमाससम्ममा ०.४३ प्रतिशतमा झारेको छ ।

बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.३३ प्रतिशत मात्रै छ भने कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाको अंश ८५.९५ प्रतिशत छ ।
 

प्रकाशित: Jan 29, 2021| 05:49 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्